पशुपति क्षेत्रलाई थप व्यवस्थित बनाउन पर्यटनमन्त्री श्रेष्ठको निर्देशन (भिडिओ) – Nepal Press

पशुपति क्षेत्रलाई थप व्यवस्थित बनाउन पर्यटनमन्त्री श्रेष्ठको निर्देशन (भिडिओ)

काठमाडौं । पर्यटन संस्कृति तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले खुला संग्रहालयको रूपमा रहेको पशुपति क्षेत्रमा आउने भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी थप व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

पशुपति क्षेत्रभित्र पुनर्निर्माण भइरहेको सम्पदाहरुको अवलोकन शनिबार बिहान पशुपतिनाथ क्षेत्र पुगेका मन्त्री श्रेष्ठले पशुपति क्षेत्र सुरक्षा, संरक्षण र सरसफाईमा ध्यान दिन पशुपति विकास क्षेत्रलाई निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठले विभिन्न स्थानमा पुनर्निर्माण भइरहेका सम्पदा स्थल, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठ मन्दिर, स्तूप, सत्तलको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिए ।

‘मन्दिरमा झार उम्रेको देख्नेवितिकै उखेलेर फाल्नुपर्छ नत्र मन्दिरसबै झारले खाइहाल्छ नि ।’ उनले भने ।

उनले सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखी यस क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य अघि बढाइरहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर