तीन तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्र्टन गर्नुपर्ने नीति – Nepal Press

तीन तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्र्टन गर्नुपर्ने नीति

काठमाडौं । शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्र्टन गर्नुपर्ने नीति ल्याइएको बताएका छन् ।

शुक्रबार विश्वविद्यालय अनुदान आयोगमा ११ विश्वविद्यालयका उपकुलपतिहरुसँगको छलफलमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुलाई ९० दिन इन्र्टन गराउनुपर्ने नीति कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

‘तीन (प्राविधिक, माध्यमिक र उच्चमाध्यमिक) तहको शिक्षालाई जोड्न ९० दिनअनिवार्य इन्टनसीप गर्नुपर्ने सरकारको नीतितथाकार्यक्रम छ,’ उनले भने, ‘कार्यान्वयनगर्न कार्यदल गठन गरौं ।’

बैठकमा शिक्षामन्त्रीपौडेलले विश्वविद्यालयहरुको आ–आफ्नो ऐनमाव्यवस्था गरेर लैजान निर्देशन दिए । ‘तालाबन्दीले विश्वविद्यालयथिलथिलो बनाएको छ ।त्यसैले तालाबन्दीअन्त्यकालागिआ–आफ्नो ऐनमाव्यवस्था गरेर लैजाननिर्देशनदिएको छु ।’उनले भने ।

मन्त्री पौडेलले ऐनमाव्यवस्था गरेर लानको लागि समय लाग्ने भएकोले ऐनमा व्यवस्था नभएसम्म वार्ताबाट समाधान गर्न, तालाबन्दीको कारण कुनै पनि काम प्रभावित हुन नदिने उपाय अपनाउन निर्देशन दिए ।

शुक्रबार भएको छलफलमा उच्चशिक्षा सम्बन्धी बजेटमा परेकाविषयहरु स्नातक र स्नातकोत्तरकाविद्यार्थीहरुले ९० दिन इन्टर्न गर्ने, त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफएक्सिलेन्स बनाउने, विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई नेपालका विश्वविद्यालयले उनीहरुले चाहेको विषय पढाउन पाउने व्यवस्था कार्यन्वयन गर्नको लागि निर्देशन दिएको हो ।

यस्तै, आंशिकतथा करारकर्मचारीको समस्या विश्वविद्यालय अनुदान आयोग मार्फत समाधान गर्ने विषयमा समेत छलफल भएको छ । आन्तरिक प्रतिस्पर्धा मार्फत नियुक्तिगर्ने र बाँकी रहेकालाई गोल्डेन ह्यान्ड सेक मार्फत मिलानगर्ने गरी छलफल भएको हो ।

छलफलमा सहभागी उपकुलपतिहरुले विश्वविद्यालयले बजेट पास गरेपनि अर्थले भनेजति रकमनदिँदा अप्ठ्यारो पर्दै गइरहेको गुनासो गरेकाथिए । विश्वविद्यालयमा भइरहेको तालाबन्दी, कर्मचारीको तलब वृद्धि, कर्मचारी दरबन्दीलगायतका विषयमा उपकुलपतिहरुले आफ्नो धारणा राखेका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर