माओवादी अध्यक्ष प्रचण्ड जापानमा, फुकुओकामा आयोजित नेपाल फेस्टिवलको उद्घाटन गर्दै – Nepal Press

माओवादी अध्यक्ष प्रचण्ड जापानमा, फुकुओकामा आयोजित नेपाल फेस्टिवलको उद्घाटन गर्दै

जापान । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान आइपुगेका छन ।

जनप्रगतिशील मञ्च  जापानको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान आइपुगेका हुन । नेपाल एयरलाइनको विमान मार्फत जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डलाई राजदुतावाससहित जनसम्पर्क समिति जापान र एनआरएनए जापानका पदाधिकारीहरुले नारिता विमानस्थलमा स्वागत गरेका थिए ।

निजी भ्रमणमा आएका प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबलको उद्द्घाटन गर्ने र आइतबार जनसम्पर्क समितिले टोकियोमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने जनसम्पर्क समिति जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

‘जनप्रगतिशील मञ्च जापानले आयोजना गरेका कार्यक्रमबाहेक केही राजनीतिक भेटघाट पनि हुनेछन’ पन्तले भने ’हामीले आयोजना गरेका भेटघाट कार्यक्रम बाहेक अरु कार्यक्रमको तालिका दूतावासले तय गरेको छ ।’ दूतावासले तय गरेको तालिका बारे भने आफुलाई जानकारी नभएको पन्तको भनाइ छ ।

तर राजनीतिक भेटघाट बारे भने नेपाली दूतावासले केही खुलाएको छैन । दूतावास श्रोतले दिएको जानकारी अनुसार प्रचण्डको राजनीतिक भेटघाटका लागि दूतावासले भित्री तयारी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर