एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु – Nepal Press

एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु

उपाध्यक्ष, महासचिव, उपमहासचिवसहितका शीर्ष नेताहरु सहभागी

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण तथा प्रदेश कमिटी बैठक शुक्रबारदेखि दाङमा शुरु भएको छ । उद्घाटन कार्यक्रममा उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एमालेको दवावकै कारण सरकारले बाध्य भएर निर्वाचनको मिति घोषणा गरेको बताएका  छन् ।

उनले भने–‘हाम्रो दवावबाट मिति घोषणा भएको छ, एमालेलाई कमजोर बनाउन सबै शक्ति लागेका छन्, त्यसअर्थमा हामीलाई चुनौती र अवसर दुवै आएको छ, यसको नतिजा निर्वाचनबाट देखाउनुपर्नेछ ।’

नेता नेम्वाङले भने–‘हामीले सदनमा,सडकमा, न्यालयमा सवैतिर उत्रेर चुनौतीको सामना गरेका छौं । यो सरकार संसद वा जनमतबाट हैन, अदालतको परमादेशबाट वनेको हो । त्यसैले यसको फैसला जनताले गर्नेछन् । हामी बहीखाता लिएरजनताको वीचमा जाँदैछौँ ।’

‘हामीले चुच्चे नक्सा सर्बसम्मत प्रकाशित गरी ऐतिहासिक काम गर्यौ, नाकावन्दी कहिल्यै नहुने अवस्था सृजना भएको छ, स्थानीय तहको चुनावमा पाँच हैन कतिपय ठाउँमा छ दलको गठवन्धन भएपनि हामीले एमालेलाई पहिलो शक्ति बनायौं’– उनले भने–‘हामीलाई सरकारमा जान हतारो छैन । यस अर्थमा हामी चोबाटोबाट सत्तामा जानु छैन, यो गठवन्धन संविधान विरोधी छ । यस्तो रमिता संसारमा कही कतै हुँदैन । यही एजेण्डा लिएर चुनावमा जाऔं । ’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनमा हिजोका दिनमा एक्लाएक्लै चुनाब लड्दा २९४ सिटमा जितेकोमा अहिले गठवन्धनसंग लड्दा २०६ जितेको आधारमा दृढ संकल्पका साथ चुनाब लड्दा जित्न सकिन्छ भन्ने आधार प्रष्ट भएको बताए ।

चौतर्फी घेराबन्दीका वीचमा चुनाबको सामना गरेर अगाडि आएको स्मरण गर्दै विपक्षीहरूको चाहना एमालेलाई एक्ल्याउने नै भएकाले सोही अनुसारको रणनीति बनाउन आवश्यक रहेको उनले बताए ।

‘काँग्रेसले अलि धुर्त्याई गर्यो । ऊ एक्लै जित्ने ठाउँमा एक्लै लड्यो यसो गरेर २० प्रतिशत ठाउँमा जित्यो । कुनै एक दललाई साथ लिने ठाउँमा एउटालाई लिएर लड्यो । यो संख्या ४० प्रतिशत र धेरै कमजोर ठाउँमा सवैलाई मिलाएर लड्यो । यही विषयलाई आउने चुनावमा उनीहरुमा समस्या पर्नेछ’– उनले भने ।

महासचिव पोखरेलले काँग्रेसले आंशिक गठवन्धन गरेको ठाउँमा हाम्रो मत ३१%, पूर्ण गठवन्धन गरेको ठाउँमा ४१%, एक्लाएक्लै लडेको ठाउँमा हाम्रो मत २६% रहेछकाले यो मतका आधारमा चुनाब जित्न सकिने तथ्यांकले देखाएको बताए । नेता पोखरेलले एमालेका उम्मेदारहले जित्ने ठाउँमा हारेका तीन कारणहरु रहेको तर्क राखेका छन् ।

‘पहिलो पार्टीका अगुवा टिकट नपाएका कारण घर बस्नुभयो र उहालाई अनुनय विनय गरेर बोलाउनुपर्यो, दोस्रो जुलुस, कार्यक्रममा हिंड्ने तर, पार्टीले बेठिक गर्यो, चनाब हारिने भयो भनेर भन्ने । यसो गरेर उसले के प्रभाब पार्यो होला ? तेस्रो पार्टी निर्णयको बिरोध नै गरेर हिंड्ने तप्का पनि देखियो र हाम्रो प्रतिरोधी क्षमता घट्नु अर्को कारण हो ।’– उनले भने–‘चुनाब भनेको जनतासंग साक्षात्कार गर्नु हो । जति धेरै साक्षात्कार उति धेरै मत । तर यो पटक साक्षात्कार नै गरिएन, यसमा सुधार जरुरी छ ।’

उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचनको सवल पक्षलाई लिएर चुनावी रणनीति बनाउँदै कमजोर पक्षलाई तत्काल सुधार्ने अभियानमा लागिपर्ने बताए । उनले ०७४मा भन्दा बढी मत आएपनि सिट संख्याको तथ्यांकमा पछाडि परेकाले आन्तरिक समस्या समाधान गरेर अगाडि बढ्नुपर्ने बताए ।

‘अहिले एमालेविरुद्ध ठूलो शक्ति गठबन्धनमा बसेको छ, यो हाम्रो शक्ति देखेर हो भन्ने हामीले बुझौं, अब प्रचारका कामलाई चुस्त बनाऔं, आन्तरिक संगठनलाई मजबुत बनाऔं, हामीलाई जनताको माया भएको कुल मत परिणामले देखाएको छ’– नेता ज्ञवालीले भने ।
‘नीति,नेतृत्व र विचार स्थापित गरौं, सत्य कुरा स्थापित गर्दै विपक्षले फैलाएका भ्रम चिरौं, विपक्षका कमजोरी, गलत नियतलाई स्पष्ट गरौं’– उनको भनाइ थियो ।

दुई दिनसम्म चल्ने प्रशिक्षणमा प्रदेशका सबै जिल्लामा रहेका मुख्य नेताहरुको सहभागिता रहेको लुम्बिनी प्रचार विचाग प्रमुख डिआर घिमिरेले जानकारी दिए । प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलको अध्यक्षता तथा उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको स्वागतमा भएको कार्यक्रमपछि पार्टी उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर