५.३ रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु नुवाकोट – Nepal Press

५.३ रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु नुवाकोट

काठमाडौं । नुवाकोटको बेल्कोट केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका मुकुन्द भट्टराईले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार नुवाकोटको बेल्कोट केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो ।

बिहान ५ बजेर २६ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका, देशका विभिन्न ठाउँ साथै छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का मसुस भएको बताइएको छ ।

यसअघि ७ दिनअघि आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *