गठबन्धन दललाई एकै चिन्हबाट चुनाव लड्न निर्वाचन आयोगको अनुमति – Nepal Press

गठबन्धन दललाई एकै चिन्हबाट चुनाव लड्न निर्वाचन आयोगको अनुमति

काठमाडौं । निर्वाचन आयोगले गठबन्धन दलहरूले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन पाउने मौका दिएको छ ।

आयोगले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिनका लागि दल दर्ताको निवेदन दिने बेला मै ऐन बमोजिमको ढाँचामा पेश गर्नुपर्ने जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४९ मा दुई वा दुईभन्दा बढी दलले एकै चुनाव चिन्हमा निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।

सो ऐन बमोजिमको सुविधा आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलहरूले प्रयोग गर्न सक्ने गरी निर्वाचन आयोगले सूचना निकालेको छ ।

दल दर्ताका लागि आयोगले आह्वान गरिसकेको अवस्थामा एउटै चुनाव चिन्ह लिएर लड्न चाहेमा गठबन्धनले दल दर्ताको निवेदनकै बेला सो जानकारी दिनुपर्नेछ ।

सत्ता गठबन्धनभित्र रहेका कांग्रेस बाहेकका दलले समाजवादी केन्द्र बनाएर एउटै चुनाव चिन्ह र एउटै घोषणापत्रमा निर्वाचन लड्ने छलफल गरे पनि टुंगो लागेको छैन ।

गठबन्धन दलले एउटै चुनाव चिन्ह लिएर लड्ने हो भने उम्मेदवारी दिँदा उक्त उम्मेदवार कुन दलसँग सम्बन्धित हो भन्ने खुलाउनु पर्नेछ ।

 

 


प्रतिक्रिया

One thought on “गठबन्धन दललाई एकै चिन्हबाट चुनाव लड्न निर्वाचन आयोगको अनुमति

  1. नेपालमा बहुदल चाहिन्न !! दलबिहिनताको अभ्यासमा लागे पछी बहुदल कस्को लागि, किन र केको लागि चाहियो !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर