मन्त्री बडूको भविष्यवाणी- निर्वाचनपछि पनि एकसाथ जानुपर्ने हुन सक्छ – Nepal Press

मन्त्री बडूको भविष्यवाणी- निर्वाचनपछि पनि एकसाथ जानुपर्ने हुन सक्छ

कैलाली । नेपाली कांग्रेसका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले सत्ता गठबन्धन निर्वाचन भन्दा पहिले भत्किन नसक्ने दाबी गरेका छन् ।

शुक्रवार धनगढी विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले निर्वाचन सम्म गठबन्धन जाने दाबी गर्दै निर्वाचनपछि पनि एक साथ जानुपर्न बताएका हुन् ।

‘चुनावसम्म गठबन्धन यथावत् नै रहन्छ, ’मन्त्री बडूले भने, ‘निर्वाचन पछि पनि एक साथ जानुपर्न हुन सक्छ ।’

उनले अहिले सरकार निर्वाचनको तयारीमा लागेको समेत स्पष्ट पारेका थिए । ‘हिजो मात्रै मन्त्रिपरिषद्बाट निर्वाचनको मिति तोकी सकेको छ त्यसको तयारी नै अहिलेको प्रमुख काम हो‘ उनले भने ।

वर्तमान सरकार संविधान र संसद्को रक्षाको लागि लागि परेको मन्त्री बडूले जानकारी दिए । ‘विगतको केपी ओलीको सरकारले संसद्को अवधि पूर्णता दिन नचाहेर पटक –पटक संसद् विघटन गरेकाले थियो ’ उनले भने , ‘संसद् र संविधान खतरामा परेपछि त्यसको रक्षाको लागि यो सरकार बनेको हो । ’

उनले तीनै तहको निर्वाचनले संविधानको रक्षा भएको समेत दाबी गरे । ‘ मुलुक अब संविधान सम्बन्ध बाटोमा फर्केको छ,’ उनले भने, ‘संसद्ले पूर्णता पाएको छ । संविधानको रक्षा भएको छ ।’

बडूले सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याए औद्योगिक उत्पादन बढ्न सक्ने बताए।

उनले सरकारले मात्रै सबै उद्योग चलाउन नसक्ने जनाए । ‘सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैन बरु अब सरकार र निजी क्षेत्रको साझेदारीमा वा केही उद्योग अझ पूर्ण लिजमा दिएर सञ्चालन गरिए राजस्वमा योगदान पुग्न सक्दछ ।’ मन्त्री बडूले भने, ‘यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रिय उत्पादन पनि बढ्छ ।’

रुग्ण उद्योगलाई सञ्चालनका निमित्त विभिन्न मोडेलमा सञ्चालन गरिने धारणा व्यक्त गरे ।


प्रतिक्रिया

One thought on “मन्त्री बडूको भविष्यवाणी- निर्वाचनपछि पनि एकसाथ जानुपर्ने हुन सक्छ

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर