पेलोशीको ताइवान भ्रमण सान्दर्भिक छ : विदेश मन्त्री जोसेफ – Nepal Press

पेलोशीको ताइवान भ्रमण सान्दर्भिक छ : विदेश मन्त्री जोसेफ

काठमाडौं । ताइवानका विदेशमन्त्री जोसेफ वु ले न्यान्सी पेलोशीको ताइवान भ्रमणको समर्थन गर्दै चीनको प्रतिक्रियाको खण्डन गरेका छन् ।

बीबीसीसँगको अन्तरवार्तामा वु ले पेलोसीको भ्रमणलाई अत्यन्तै सान्दर्भिक भ्रमणको संज्ञा दिँदै चीनको प्रतिक्रियाले लोकतान्त्रिक राजनीतिज्ञहरूलाई ताइपेइमा आमन्त्रित गर्न नरोक्न चेतावनी समेत दिएका छन् ।

‘लोकतान्त्रिक ताइवानको रूपमा विश्वमा नै पहिचान बनाउनका लागि पेलोसी जस्ता महत्त्वपूर्ण नेताका ताइवान भ्रमण अत्यधिक सान्दर्भिक छन् ।’ जोसेफलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

चीनको क्षेत्रीय उद्देश्य ताइवानभन्दा धेरै पर गएको वु को भनाई छ । ताइवानको अन्तर्राष्ट्रिय मान्यताको अभियानका लागि वु मुख्य अनुहारको रूपमा देखिँदै आएका व्यक्ती हुन् ।

चीनले ताइवानलाई अन्तर्राष्ट्रिय समुदायबाट टाढा राख्ने प्रयास गरिरहेको पनि जोसेफको भनाइ छ । ताइवानमा चीनको कुनै पनि अधिकार नरहेको पनि जोसेफले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर