सरकारलाई खबरदारी गर्दै महँगी र भ्रष्टाचारविरुद्ध एमालेको हस्ताक्षर अभियान (भिडिओ) – Nepal Press

सरकारलाई खबरदारी गर्दै महँगी र भ्रष्टाचारविरुद्ध एमालेको हस्ताक्षर अभियान (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध हस्ताक्षर अभियान सुरू गरेको छ ।

दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले हस्ताक्षर अभियान सुरू गरेको हो । अभियान तीन दिनसम्म चल्ने एमालेले जनाएका छन् ।

अभियानका क्रममा सवै वडा कमिटीहरुले हस्ताक्षर संकलन गरेका छन् । महँगी र भ्रष्टाचारका कारण नागरिकहरूले दु:ख पाउनुपरेको भन्दै अभियानमा सहभागीता जनाउन एमालेले आह्वान पनि गरेको छ ।

यसअघि गत सोमबार एमालेले काठमाडौंमा महँगी नियन्त्रणमा सरकार उदासीन देखिएको भन्दै प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर