राष्ट्रिय सहकारी बैंकले सुरू गर्‍यो कोप कार्ड – Nepal Press

राष्ट्रिय सहकारी बैंकले सुरू गर्‍यो कोप कार्ड

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले कोप कार्ड सेवा सुरू गरेको छ ।

बैंकको २०औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमको बीच सेवाको उद्घाटन गरेको हो । राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडबीचको सहकार्यमा स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडले सहकारी संस्थाहरुको लागि सहकारी पहिचानसहितको ‘कोप कार्ड’ को सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडले २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम कार्ड, स्मार्टक्यूआर र मोबाइल बैंकिङमार्फत आफनो सेवा दिँदै आएको छ । एससीटीले सय भन्दाबढी सहकारीलाई कार्ड सेवा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर