सरकारको प्रष्टीकरण- केपी ओलीको पछाडि सीआईडी लगाएको छैन (भिडिओ) – Nepal Press

सरकारको प्रष्टीकरण- केपी ओलीको पछाडि सीआईडी लगाएको छैन (भिडिओ)

काठमाडौं । सरकारले एमाले अध्यक्ष केपी ओलीको पछाडि गुप्तचरी गरेको र फोन ट्यापिङ गरेको समाचार निराधार भएको स्पष्टीकरण दिएको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही सञ्चारमाध्यममा आएको केपी ओलीको गुप्तचरी गर्न गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापीङ गरी गोपनियताप्रति हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको बताए ।

‘यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध छ । सरकार व्यक्तिको स्वतन्त्रता र गोपनियताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा सम्बर्द्धन गर्न प्रतिबद्ध छ’, मन्त्री कार्कीले भने ।


प्रतिक्रिया

One thought on “सरकारको प्रष्टीकरण- केपी ओलीको पछाडि सीआईडी लगाएको छैन (भिडिओ)

  1. भारतीय दलालहरूले भारतको आदेश मानेर फोन ट्यापिङ गरेका छन्। खबरदार! एकदिन सजाय पाउँछोै ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *