कैलालीमा बस्तीनजिक आएको गोहीको उद्धार (भिडिओ) – Nepal Press

कैलालीमा बस्तीनजिक आएको गोहीको उद्धार (भिडिओ)

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ४ सितलपुरबाट एक वयस्क गोहीको उद्धार गरिएको छ । सितलपुर खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा फेला परेको करिब साढे चार फिट लामो गोहीको वनका कर्मचारीहरूले उद्धार गरेका हुन् ।

सब डिभिजन वन कार्यालय सुखडका प्रमुख विश्वराज पण्डितको नेतृत्वमा गएको टोलीले करिब २० किलो तौल रहेको मगर गोहीको उद्धार गरेर घोडाघोडी ताल क्षेत्रमा छोडेको हो । स्थानीयले समयमै वन कर्मचारीलाई खबर गरेपछि कुनै क्षति हुन नपाएको पण्डितले बताए ।

बर्खा याममा विशेष गरी मगर गोही, सर्प र अजिङ्गरहरू मानिसको बसोबास स्थलमा आउने गरेको छ। गत साता मात्रै लम्की सब डिभिजन वन कार्यालयले चिसापानी बजारबाट अजिङ्गर उद्धार गरेको थियो ।

वन्यजन्तु उद्धार सम्बन्धी तालिम, उपकरण तथा दक्ष जनशक्ति नहुँदा उद्धार मा समस्या रहेको र कर्मचारीले जोखिम मोलेरै काम गर्नु पर्ने बाध्यता रहेको पण्डित बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर