अर्थले सबै मन्त्रालयका सचिवलाई छलफलका लागि बोलायो – Nepal Press

अर्थले सबै मन्त्रालयका सचिवलाई छलफलका लागि बोलायो

काठमाडौं । अर्थमन्त्रालयले सबै मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाएको छ ।

बजेट कार्यान्वयनबारे छलफल गर्न आइतबार सबै सचिवलाई बोलाइएको अर्थमन्त्रालयका एक सहसचिवले जानकारी दिए । यसअघि अर्थले बजेट कार्यान्वयन सम्बन्धमा मन्त्रालयहरूसँग तीनपटक कार्ययोजना मागेको छ । तर, मन्त्रालयहरूले पटक-पटक ताकेता गर्दा पनि कार्ययोजना पठाउन अटेरी गर्दै आएका थिए ।

पछिल्लो पटकको ताकेतापछि १० वटा मन्त्रालयले कार्ययोजना पठाएको अर्थले जनाएको छ । मन्त्रालयका सचिवसँग बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा छलफल गरिनेछ । केही दिन विभागीय मन्त्री नहुँदा छलफल रोकिएको थियो । जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सचिवहरूसँग छलफल गर्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर