स्वतन्त्र अभियानप्रति ओलीको कटाक्ष– एकछिनको मनोरञ्जनको कुरा मात्रै हो – Nepal Press

स्वतन्त्र अभियानप्रति ओलीको कटाक्ष– एकछिनको मनोरञ्जनको कुरा मात्रै हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रहरू देश चलाउन नसक्ने बताएका छन् । पार्टीको उपत्यका विशेष प्रदेशको रणनीतिक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन ।

‘एउटा हल्ला फैल्याइएको छ, नेताहरूले केही गरेनन् । स्वतन्त्रले गर्छन् । यो दुनियाँका सबै मानिस पागल भएर दलीय सिस्टम हरेक देशमा लागू गरिएको हो ?’ उनले भने, ‘दल चाहिन्छ । देश चलाउन, एकताबद्ध गर्न, मेचीदेखि महाकालीसम्मको मान्छे एउटा प्रोग्राममा चलेन भने एउटा गन्तव्यमा, एउटा उद्देश्यमा चलेन भने, राष्ट्र कसरी चल्छ ?’

अध्यक्ष ओलीले स्वतन्त्रको जीत र हल्लाखल्ला एकछिनको मनोरञ्जनको कुरा मात्रै रहेको बताए । उनले भने, ‘एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा मात्रै हो । एक ठाउँको एउटा स्वतन्त्र, अर्को ठाउँमा अर्को स्वतन्त्र अपवादका रुपमा छिटपुट भयो भन्दैमा देशको समग्र योजनाबद्ध एकीकृत विकास उन्नति प्रगती हुन सक्दैन ।’

बेग्लाबेग्लै सोच भएको स्वतन्त्र एउटै तालमा जान समस्या हुने उनको भनाई छ । ‘सरकारमा पुग्न स्वतन्त्र भनेको एउटाको सोच अर्कोले कसरी मान्छ ? सोच बीचकै लडाई होला ? हुने कुरै होइन त्यो,’ उनले भने ।

यस्तै, अन्तर्घातका लागि विद्रोही भन्ने हल्ला चलाइदिने गरेको पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर