ओलीको प्रश्न- प्रधानन्यायाधीशलाई डामेर छाड्न मिल्छ ? – Nepal Press

ओलीको प्रश्न- प्रधानन्यायाधीशलाई डामेर छाड्न मिल्छ ?

महाअभियोगको प्रस्ताव टेबुल नगरेर सभामुख सरकारको खेलौना बने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेकोमा आक्रोश व्यक्त गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाअभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेकोमा ओलीले सत्तारुढ दलप्रति आक्रोश व्यक्त गरे ।

काठमाडौंमा शुक्रबार आयोजित उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रममा ओलीले महाअभियोग प्रस्ताव संसद बैठकमा टेबुल नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गरे ।

पास नहुने महाअभियोग प्रस्ताव ल्याएर जबरालाई डामेर छाड्न खोजेको भन्दै ओलीले भने, ‘महाअभियोग प्रस्ततावको छिनोफानो गर्नुपर्दैन ? महाअभियोग पास नहुने भएपछि डामेर छाड्न मिल्छ ? ६ महिनादेखि अलपत्र छ । छलफल हुन्छ प्रस्ताव अघि बढ्दैन ।’

संसद बैठकमा महाअभियोगको प्रस्तावलाई टेबुल नगरेको भन्दै सभामुख सापकोटा सरकारको खेलौनाजस्तो भएको ओलीको टिप्पणी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *