फोर्स मर्जरको नीतिपछि जागिर खोसिने त्रासमा बीमाका कर्मचारी, बीमा समितिको ध्यानाकर्षण – Nepal Press

फोर्स मर्जरको नीतिपछि जागिर खोसिने त्रासमा बीमाका कर्मचारी, बीमा समितिको ध्यानाकर्षण

काठमाडौं । बिमा कम्पनीहरु एक आपसमा मर्जरमा जान नियामक बिमा समितिले सैद्धान्तिक सहमति दिइरहेका बेला बिमाका कर्मचारीलाई भने जागिर खोसिने डर पैदा भएको छ ।

४८ वटा बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुका प्रतिष्ठानस्तरका ट्रेड यूनियनले बिमाको कर्मचारीले पाउँदै आएको सेवा सुविधाको ग्यारेन्टी गरेर मात्र मर्जमा लैजान नियामक बिमा समितिलाई ध्यानाकर्षण गराएको छ ।

यूनियनका अध्यक्ष पदम रेग्मीले यस क्षेत्रका कर्मचारीहरु पेशागत हकहित र सुरक्षामा गम्भीर हुन समेत आग्रह गरेको छ । युनियनले प्रेस विज्ञप्ति जारी गर्दै बिमाको कर्मचारीको राजगारी सुरक्षाको प्रत्याभुति गराउन भनेको छ ।

बिमा समितिले चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुलाई २.५ अर्ब र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पूँजी पु¥याउन निर्देशन दिएको छ । निर्देशन जारी भए पश्चात १९ वटा कम्पनीहरुले बिमा समितिबाट मर्जरका लागि सैद्धान्तिक सहमति पाइसकेका छन् ।

हाल नेपालमा जीवन, निर्जीवन, पुनर्बिमा कमपनी गरी ४० वटा बिमा कम्पनी रहेका छन् । बिमा कम्पनीहरु जोखिम भार बहनका लागि बलियो बनाउन समितिले उनीहरुको पूँजीमा पनि बलियो बनाउने नीति लिएको हो । चैत मसान्तसम्म मर्जमा नजाने बिमा कम्पनीको कारोबार नै रोक्का गर्ने समितिका अध्यक्षले सार्वजनिक कार्यक्रममै भन्दै आएका छन् ।

हेर्नुस् ध्यानाकर्षण पत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर