साफ यु–२० : उपाधिका लागि भारत र बंगलादेश भिड्दै – Nepal Press

साफ यु–२० : उपाधिका लागि भारत र बंगलादेश भिड्दै

काठमाडौं । यु–२० साफ च्याम्पियनसिपको फाइनलमा आयोजक भारत र बंगलादेश भिड्दैछन् ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुनेछ ।

अपराजित रहँदै फाइनल पुगेको बंगलादेश च्याम्पियन बन्न लक्ष्यसहित मैदान उत्रिने छ । तर, साविक विजेता भारतलाई घरेलु मैदानको फाइदा भने रहनेछ ।
लिग चरणमा भने भारत बंगलादेशसँग पराजित भएको थियो ।

बंगलादेशले समूह चरणमा ४ खेलमा तीन जित र एक बराबरीको नतिजासहित १० अंक जोडेको थियो ।

चार खेलमा तीन जित र एक हारको नतिजासहित ९ अंक जोडेको भारत तालिकाको दोस्रो स्थानमा रहेर फाइनल पुग्न सफल भएको हो ।

यसअघि, नेपाल भने फाइनल पुग्न असफल हुँदै बाहिरिएको थियो । नेपाल तालिकाको तेस्रो स्थानमा रहयो ।

नेपालले प्रतियोगितामा २ जित एक बराबरी र एक हारको नतिजासहित ७ अंक जोड्न सफल भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर