अमेरिकामा बढ्दो मंकीपक्स संक्रमण, स्वास्थ्य आपतकाल घोषणा – Nepal Press

अमेरिकामा बढ्दो मंकीपक्स संक्रमण, स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले मंकीपक्सलाई स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा सचिव जेभियर बेसेराका अनुसार हाल यो आपतकाल ९० दिनका लागि मात्र लगाइएको हो । मंकीपक्स भाइरससँग प्रभावकारी ढंगबाट जुध्नका निमित्त यसलाई आपतकाल घोषणा गरिएको बेसेराको भनाई छ ।

हाल अमेरिकामा मंकीपक्सका ७ हजारभन्दा बढी संक्रमित छन् । जसमध्ये १६ सयभन्दा बढी संक्रमित न्यूयोर्कमा मात्र रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हाल यो संक्रमण विश्वका ८७ मुलुकमा देखिएको छ भने यसबाट विश्वभरमा २७ हजार भन्दा बढी मानिसहरू संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालै मंकीपक्सलाई अन्तराष्टिय जनस्वास्थ्य आपतकाल घोषणा गरेको थियो डब्लुएचओका अनुसार मंकीपक्स जनावरबाट मानिसमा सर्ने संक्रमण हो र यसको लक्षण बिफरसँग मिल्दोजुल्दो हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर