गठबन्धनको सीट बाँडफाँट गर्ने कार्यदलमा को-को छन् ? (सूचीसहित) – Nepal Press

गठबन्धनको सीट बाँडफाँट गर्ने कार्यदलमा को-को छन् ? (सूचीसहित)

काठमाडौं । सत्ता गठबन्धनले चुनावी सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई-दुई जना सदस्य राखिएका छन् ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

नेकपा एसबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदलले साउन मसान्तभित्र सबै निर्वाचन क्षेत्रको तथ्य आँकलन गरी सीट बाँडफाँटको मोडालिटीसहितको सुझाव पेस गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर