ब्याजदर नबढाउनेमा बैंकरहरू सहमत – Nepal Press

ब्याजदर नबढाउनेमा बैंकरहरू सहमत

काठमाडौं । तत्कालै बैंकको ब्याजदर वृद्धि नहुने भएको छ । नेपाल बैकर्स संघले १० दिन ब्याजदर नबढाउने सहमति गरेको हो । संघको आज बसेको बैठकले १० दिनसम्म पुरानै ब्याजदर कायम राख्ने निर्णय गरेको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले १० दिनका लागि अहिलेको ब्याजदर नै यथावत राख्ने निर्णय भएको बताए । १० दिनपछि भने अवस्था हेरेर निर्णय हुने जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धि हुने भनिरहेको बेला संघले भने १० दिनका लागि नबढाउने निर्णय गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि एकिकृत निर्देशन जारी गर्दै महिनाको एक पटक ब्याजदर पुनरावलोकन गर्न पाइने व्यवस्था गरेको छ ।

अहिले साधारण मुद्दति निक्षेपको ब्याजदर ११.०३ प्रतिशत र संस्थागतको १०.०३ प्रतिशत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *