‘प्रतिपक्षलाई बेवास्ता गरेको होइन, देउवाले ओलीलाई फोन गर्दा सम्पर्क हुन सकेन’ (भिडिओ) – Nepal Press

‘प्रतिपक्षलाई बेवास्ता गरेको होइन, देउवाले ओलीलाई फोन गर्दा सम्पर्क हुन सकेन’ (भिडिओ)

काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षलाई बेवास्ता गरेर निर्वाचन घोषणा गरिएको कुरा निराधार रहको बताएका छन् ।

बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा कार्कीले संविधान र कानून अनुसार नै मिति तोकिएको बताए ।

यसअघि प्रतिपक्षसँग संवाद गरेर मिति तय गरिँदै आएको परम्परा यसपालि तोडिएको हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘हिजो क्याबिनेट सुरू हुनुअघि एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग फोन गर्ने कोसिस गर्नुभा’को थियो म पनि सँगै थिएँ, त्यसबेला सम्पर्क हुन सकेन ।’

चुनावको मिति घोषणा हुने कुरा नियमित अभ्यास भएको भन्दै कार्कीले भने, ‘कानून र संविधानअनुसार भएको छ । मंसिर ४ मा निर्वाचन हुने कुरा अपेक्षित नै थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर