चीनलाई अमेरिकी अधिकारीको ताइवान भ्रमण रोक्ने अधिकार छैन : पेलोसी – Nepal Press

चीनलाई अमेरिकी अधिकारीको ताइवान भ्रमण रोक्ने अधिकार छैन : पेलोसी

काठमाडौं । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी अधिकारीहरूको ताइवान भ्रमणलाई रोक्ने चीनसँग कुनै अधिकार नभएको बताएकी छन् ।

चिनियाँ प्रतिकारलाई नजरअन्दाज गर्दै ताइवानको भ्रमण सकेर जापान पुगेकी पेलोसीले टोकियोमा आयोजित एक कार्यक्रममा यस्तो बताएकी हुन् ।

पछिल्ला २५ वर्षमा ताइवानको भ्रमण गर्ने पेलोसी पहिलो अमेरिकी उच्च अधिकारी हुन् । ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको चीनले पेलोसीको भ्रमणपूर्व नै ताइवान भ्रमण नगर्न चेतावनी दिएको थियो ।

भ्रमण सकेर पेलोसी फर्केलगत्तै चीनले ताइवानको तटीय क्षेत्र वरपर सैनिक अभ्यास बढाएको छ । चीनले ताइवानको उत्तर-पूर्व र दक्षिण-पश्चिम तटीय क्षेत्रमा ११ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहारसमेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच चीनले ताइवानको क्षेत्र वरपर प्रहार गरेको केही क्षेप्यास्त्र जापानको भूभागमा समेत पुगेको भन्दै जापनको रक्षा मन्त्रालयले आपत्ति जनाएको छ । ताइवानको क्षेत्र पार गर्दै चीनका ५ प्रहार जापानको व्यापारिक क्षेत्रमा खसेको जापानको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर