सिक्लेस हाइड्रोपावरको आईपीओ ५ भदौसम्म भर्न मिल्ने – Nepal Press

सिक्लेस हाइड्रोपावरको आईपीओ ५ भदौसम्म भर्न मिल्ने

काठमाडौं । सिक्लेस हाइड्रोपावरले आइपीओमा आवेदन दिन म्याद लम्बिएको छ । यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर ५ भदौसम्म पुर्‍याएको हो ।

कम्पनीले ६ साउनबाट आयोजना प्रभावित स्थानीयवासीलाई जारी पुँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। १, २ र ३ का स्थानीयवासीका लागि सेयर खुला गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गरेको छ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले यसमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर