हेटौंडामा डेंगु संक्रमण बढेपछि स्प्रे गरिँदै – Nepal Press

हेटौंडामा डेंगु संक्रमण बढेपछि स्प्रे गरिँदै

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेङ्गो रोग संक्रमण बढेपछि लामखुट्टे नष्ट गर्नको लागि स्प्रे गर्न थालिएको छ ।

गत साउन १ गतेबाट हालसम्म उपमहानगर क्षेत्रमा दुई दर्जन धेरै डेंगु संक्रमणबाट पीडित भएपछि हेटौंडा उपमहानगरपालिकाको वडा नंबर ४ र ५ नम्बर वडा क्षेत्रमा स्प्रे गर्न थालिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्थ अधिकृत भोला चौलागाईका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जिवाणु नष्ट गर्ने गरी ‘डाइथाल कार्वसेट’ पानीमा मिसाएर छिट्न थालिएको बताए ।

संक्रमणलाई फैलन नदिनका लागि जनस्तरमा मट्टीतेलको प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासँगै बढि जोखिम रहेको क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उनले जानकारी दिए । अहिले हेटौंडा ४ को कमलडाँडा क्षेत्र र मेनरोडमा स्प्रे गर्ने कार्य नगरप्रहरीको मद्दतबाट भैरहेको जनाइएको छ ।

मकवानपुरमा असारको अन्तिमबाट सुरु भएको संक्रमणको दर बिस्तारै बढ्दै गएको र अहिलेसम्म ४३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका चना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । जिल्लाको १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा पर्ने ४ र ५ मा बढी मात्रामा बिरामीहरु देखिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.