ताइवान नजिक सैन्य अभ्यास गरिरहेको चीनले आखिर के चाहन्छ ? – Nepal Press

ताइवान नजिक सैन्य अभ्यास गरिरहेको चीनले आखिर के चाहन्छ ?

काठमाडौं । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलगत्तै चीनले ताइवान वरपरका छ वटा स्वघोषित क्षेत्रमा प्रत्यक्ष सैन्य अभ्यास गरिरहेको छ ।

बिहीबारदेखि सैन्य अभ्यासलाई तीव्रता दिइरहेको चीनले आइतबारसम्म सो क्षेत्रमा विमान तथा पानी जहाज नचलाउन चेतावनीसमेत दिएको छ ।

चीनले सुरु गरेको सैन्य अभ्यासलाई ताइवानमा लगाउन लागिएको सम्भावित नाकाबन्दी र युद्दको पूर्व तयारीको रुपमा समेत टिप्पणी गर्न थालिएको छ जसका कारण ताइवानका मुख्य समर्थकको रुपमा लिइएका संयुक्त राज्य अमेरिका, जापान र अष्ट्रेलिया जस्ता देशहरु तरंगित बनेका छन् ।

संसारकै सबै भन्दा ठुलो सैन्य शक्ति रहेको चीन र ताइवानको सेनाको तुलना नै गर्न सकिने अवस्था छैन यद्यपि चीनले यस् अघि नै ताइवानमा चिनियाँ कम्युनिष्ट पार्टीको शासन लागु गराउनका निमित्त कुनै पनि जबरजस्ती नगर्ने वाचा गरेको कारण युद्द सुरु भइहाल्छ भनेर भन्न सकिने अवस्था पनि छैन ।

‘स्थिर सन्तुलन पुनर्स्थापना गर्न केही कडा कूटनीति आवश्यक पर्ने देखिन्छ । यो टकराव अन्ततः कता मोडिने छ भन्ने मलाई थाहा छैन अहिलेको अवस्थालाई हेर्दा हामी चट्टानी बाटोमा छौँ भन्ने बुझिन्छ’, स्टानफोर्ड विश्वविद्यालयका राजनीतिक वैज्ञानिक खारिस टेम्पलम्यानलाई उध्दृत गर्दै अन्तराष्टिय संचार माध्यम एपीले जनाएको छ ।

ताइवान वरिपरी चीनले के गरिरहेको छ र के चाहन्छ ?

चीनले ताइवान वरपरका छ वटा क्षेत्रमा युद्ध विमान, नौसेना जहाज र क्षेप्यास्त्र प्रहार गर्ने अभ्यास सुरु गरेको बताएको छ । ति क्षेत्रहरु ताइवान टापुबाट २० किलोमिटरको दुरीमा छन् ।

चीनले यस सन्दर्भमा थप विवरण दिएको छैन यद्यपि उक्त अभ्यासलाई पेलोसीको भ्रमणलाई अगाडि बढाउन अमेरिका र ताइवानले दिएको अनुमतिको सजायको रुपमा वर्णन गर्न सकिन्छ । यसो भनिरहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पेलोसीको भ्रमण रोक्ने अधिकार नभएको पनि उल्लेख गरिनु आवश्यक हुन्छ ।

चिनियाँ सेनाले सुरु गरेको उक्त सैन्य अभ्यास चिनियाँ सेनाको क्षमता मापन गर्ने अभ्यासको रुपमा समेत लिन सकिन्छ । बेइजिङले सन् १९९५ र १९९६ मा तत्कालीन राष्ट्रपति ली टेङ–हुइको अमेरिका भ्रमणको प्रतिक्रियास्वरूप टापुको उत्तर र दक्षिणी पानीमा मिसाइल प्रक्षेपण गरेको थियो सो समयपछि हालको सैन्य अभ्यास नै सबैभन्दा ठूलो सैन्य अभ्यास हो ।

यसो त चीनले ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा नियमित रूपमा युद्ध विमान प्रक्षेपण गर्दै आएको छ भने कैयौँ पटक विमानले ताइवान स्ट्रेटको मध्य रेखा समेत पार गरेका छन् ।

यद्यपि चीनले हालसम्म क्षेत्रीय द्वन्द्व निम्त्याउन सक्ने प्रत्यक्ष घुसपैठ वा हमला भने गरेको छैन ।

पेलोसी भ्रमणले किन आत्तिएको छ चीन ?

ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको चीनको उक्त टापुलाई बल प्रयोग गरेर भए पनि आफ्नो अधिनमा ल्याउन पर्छ भन्ने चीनको मान्यता छ । चिनियाँ राष्ट्रपति र सशस्त्र सेनाका प्रमुख सी जिनपिङले सत्तारूढ कम्युनिष्ट पार्टीको नेताको रूपमा तेस्रो पाँच वर्षे कार्यकालको तयारीमा रहेको संवेदनशील समयमा पेलोसीले ताइवान भ्रमण गरिन् ।

ताइवानको भाग्य अनिश्चित कालसम्म अनिश्चित रहन नसक्ने सिको भनाई छ भने यता अमेरिका लगायतका देशहरुले चीनले ताइवानमा सैन्य बल प्रयोग गर्न सक्ने आशंका व्यक्त गर्दै आएका छन् ।

यता चीनको संविधानले ताइवानलाई आफ्नो राष्ट्रिय क्षेत्रमा समावेश गरेको छ भने स्वतन्त्रताको औपचारिक घोषणा वा विदेशी हस्तक्षेपको मामलामा शान्तिपूर्ण पुनर्मिलनका लागि सम्भावनाहरू पूर्णतया समाप्त हुने भन्दै धम्कीपूर्ण प्रावधान पनि उल्लेख गरेको छ ।

सैन्य अभ्यासपछि ताइवान र अमेरिकाले के प्रतिकृया दिए ?

चीनले सैन्य अभ्यासलाई तीव्रता दिएसँगै ताइवानले आफ्नो सेनालाई अलर्टमा राखेको छ । यसैगरी, धेरै अमेरिकी नौसेना र अन्य सैन्य सम्पत्तिहरू हाल ताइवानको नजिकका क्षेत्रमा तैनाथ गरिएका छन्, जसमा विमानवाहक युएसएस रोनाल्ड रेगन र यसको युद्ध समूह पनि समावेश छ । ताइवान स्ट्रेट सार्वभौम चिनियाँ क्षेत्र हो भन्ने चीनको दाबीलाई पनि अमेरिकाले अस्वीकार गरेको छ ।

कहिलेसम्म चल्ला ताइवान विवाद ?

पेलोसीको भ्रमणको मुल्य चुकाउन पर्ने दाबी गर्दै आएको चीन अब के कसरी अघि बढ्छ ? वर्तमान चरणको सैन्य अभ्यासको अन्त्यपछि चीनको अर्को कदम के हुनेछ ? लगायतका प्रश्नहरुका अहिले स्पष्ट जवाफ दिन सकिने अवस्था छैन ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले यूएस नेशनल पब्लिक रेडियोलाई दिएको एक अन्तर्वाताका अनुसार चीनको वर्तमान सैन्य अभ्यासले कुनै प्रकारको घटनाको प्रबल सम्भावना देखिएको छ ।

पेलोसीको भ्रमणले चीन र अमेरिका दुवै पक्षलाई चुनौती दिएको राजनीतिक वैज्ञानिक टेम्पलम्यानको भनाई छ । समग्रमा वाशिंगटन चीनलाई अपमान गर्नेबारे धेरै कम चिन्तित भएको छ र ताइवानसँग सम्बन्धित बेइजिङका मागहरूप्रति धेरै कम सम्मानजनक भएको छ, टेम्पलम्यानले एपीलाई बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर