नेपाल टी–ट्वान्टी लिग : विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सको लोगो सार्वजनिक – Nepal Press

नेपाल टी–ट्वान्टी लिग : विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सको लोगो सार्वजनिक

काठमाडौं । नेपाल टी–ट्वान्टी लिगको फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले आधिकारिक लोगो सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच विराटनगर र जनकपुरले लोगो सार्वजनिक गरेका हुन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिगमा दुवै टोलीले सहभागीता जनाउँदै छन् ।

लिगमा विराटनगर र जनकपुरसहित ६ टोलीले सहभागीता जनाउँदै छन् । लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मान्यता दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *