सेबनले लगानीकर्ताको विषयमा सोचेर मात्रै निर्णय गरिरहेको छ : हमाल – Nepal Press

सेबनले लगानीकर्ताको विषयमा सोचेर मात्रै निर्णय गरिरहेको छ : हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबन) ले कुनै पनि निर्णय गर्दा लगानीकर्ताको हितका लागि गर्ने बताएको छ । सेबनका अध्यक्ष रमेशकुमार हमालले कुनै पनि निर्णय गर्दा लगानीकर्ताको हित हेरेर मात्रै हुने गरेको बताए ।

पूँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै हमालले भने, ‘आफूबाट केही गलत काम गरेको भएमा मिडियाले खबरदारी गर्न सक्नेछन् । हामी कसरी पूँजी बजारलाई राम्रो बनाउन सकिन्छ भनेर काम गरिरहेको छौं । हामीले ठूला कम्पनीलाई पनि शेयर बजारमा जोड्ने तयारीमा छौं । बुकबिल्डिङ प्रणालीबाट आवश्यक रहेको छ । तर बुकबिल्डिङ राम्रो गर्न सकिएन भने ठुलो दुर्घटना हुनसक्ने भएकाले ध्यान दिएर काम भइरहेको छ ।’

पूँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर