प्रधानमन्त्री कार्यालय तानिए मरासिनी, अर्थसचिवको जिम्मेवारी कृष्णहरिलाई – Nepal Press

प्रधानमन्त्री कार्यालय तानिए मरासिनी, अर्थसचिवको जिम्मेवारी कृष्णहरिलाई

काठमाडौं । सरकारले अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएको हो ।

राजस्वसचिव कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिइएको एक मन्त्रीले बताए ।

क्लीनचिट पाएर अर्थमन्त्रीमा पुन: नियुक्ति पाएका जनार्दन शर्मा आएको ५ दिनसम्म मरासिनी मन्त्रालय आएका थिएनन् । उनी शर्माको पदभार तथा स्वागत समारोहमा समेत विनाजानकारी अनुपस्थित थिए ।

दुईजना सचिव रहने व्यवस्था रहेको अर्थमा मन्त्रीपछि मरासिनीले मन्त्रालयको समग्र लिड गर्छन् । अर्का सचिव कृष्णहरी पुष्करले राजश्वको पाटो हेर्थे

मन्त्रालय स्रोतका अनुसार सचिव मरासिनी भोलिसम्म बिदामा बसेका थिए । जनार्दनको कमब्याकताका उनी पोखरा काजमा गएका थिए । अघिल्लो दिनसम्म मन्त्रालय आएका सचिव शर्मा पुन:नियुक्ति भएर आउँदा देखिएनन् ।

अर्थमन्त्रीबाट राजीनामा दिन शर्मामाथि चौतर्फी दबाब परिरहँदा चर्को दबाब परेका बेला सचिव मरासिनी बालुवाटार र खुमलटारलाई जानकारी गराएर बिदामा बसेका थिए । उनले आफूलाई सन्चो नभएको भनेर अनिश्चितकालीन बिदा लिए पनि संसदीय विशेष समितिसँगको बयानमा त्यसबेला मानसिक दबाब परेको जवाफ दिएका थिए ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री कार्यालय तानिए मरासिनी, अर्थसचिवको जिम्मेवारी कृष्णहरिलाई

  1. मरासिनी इमान्दार देखिए। शर्माले जहापायो त्यहि सहि गराएर फसाइदिन्छ भनेर हिडे। राम्रो

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *