विष्णुपुरमा अध्यक्ष हारेका जागेश्वरले छाडे जसपा – Nepal Press

विष्णुपुरमा अध्यक्ष हारेका जागेश्वरले छाडे जसपा

जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिकाका पूर्वअध्यक्ष जागेश्वर यादवले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन् ।

गाउँपालिका अध्यक्षमा पराजित भएपछि यादव आफ्नै पार्टीका नेताहरूबाट असन्तुष्ट बनेका थिए । उनले चुनावमा अन्तर्घात गरेकाहरूमाथि छानबिन गरी कारबाही गर्न निवेदन दिएका थिए । तर, नेतृत्वले वास्ता नगरेपछि पार्टी परित्याग गरेको यादवले बताए ।

चुनावमा पार्टीकै केन्द्रीय सदस्य र पूर्वमन्त्रीहरूको असहयोगका कारण आफूले हारेको उनको गुनासो छ ।

यादवले भने, ‘पहिले पनि म किसान छाप थिए । अब पनि किसान र सर्वसाधारण रहेनै निर्वाचनमा आफूलाई मत दिएका जनताको सेवा र संरक्षण गर्नेछु ।’

वैशाख ३० को स्थानीय चुनावमा उनी एमालेका सत्यनारायण यादवसँग ४१ मतले पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर