करारका कर्मचारी जथाभावी थपघट नगर्न स्थानीय तहहरुलाई संघीय मन्त्रालयको पत्र – Nepal Press

करारका कर्मचारी जथाभावी थपघट नगर्न स्थानीय तहहरुलाई संघीय मन्त्रालयको पत्र

करारका कर्मचारी जथाभावि थपघट नगर्न स्थानीय तहहरुलाई संघीय मन्त्रालयको पत्र
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारका कर्मचारी जथाभावी थपघट नगर्न स्थानीय तहहरुलाई पत्र पठाएको छ ।
आफूखुसी करारका कर्मचारी हटाउने र नयाँ भर्ना आएका स्थानीय तहलाई कानुन बमोजिम मात्रै कर्मचारी भर्ना गर्न सचेत गराइएको हो ।

‘देशभरका विभिन्न स्थानीय तहहरुले करारको कर्मचारीहरु एकमुष्ट रुपमा हटाइ पुनः सयौंको संख्यामा पुनः विज्ञापन गरेको, उक्त खाली पदहरुमा लोक सेवा आयोगमा पदपूर्तिका लागि नपठाएको, लोक सेवा आयोगले पदपूर्ति गर्न सक्ने माहोल हुँदा समेत लोक सेवा आयोगसँग माग नगरी करारलाई निरन्तरता दिई बदनियत राखिएको र योग्यता एवम् प्रणालीको उपहास भैरहेको’ भन्ने उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएपछि मन्त्रालयले सबै स्थानीय तहलाई कानुन बमोजिम कर्मचारी भर्ना गर्न भनेको छ ।

स्थानीय तहहरुले करारको कर्मचारीहरु एकमुष्ट रुपमा हटाइ पुनः सयौंको संख्यामा पुनः विज्ञापन गरेको थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर