राजश्व कार्यालयकी कम्प्युटर अधिकृत घुससहित पक्राउ – Nepal Press

राजश्व कार्यालयकी कम्प्युटर अधिकृत घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय, महाराजगञ्जकी कम्प्युटर अधिकृतलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले आन्तरिक राजश्व कार्यालयमा कार्यरत ललितपुर महानगर वडा नं. १७ बस्ने ५१ वर्षीया विन्दु श्रेष्ठ प्रधानलाई घुससहित पक्राउ नियन्त्रणमा लिएको हो ।

कम्प्युटर बिलिङको सफ्टवयर स्विकृतिको लागि महाराजगञ्ज जाँदा सेवाग्राहीको काम गर्न ३० हजार रुपैयाँ लाग्छ भन्दै घुस मागेको निवेदकबाट सूचना आएपछि अख्तियारले अपरेशन चलाएको थियो । उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

श्रेष्ठ कम्प्युटर अधिकृतरुपमा २०५२ जेठ १ गते सेवा प्रवेश गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर