खैरो हेरोइनसहित चक्रे मिलनका पूर्व सहयोगी पक्राउ – Nepal Press

खैरो हेरोइनसहित चक्रे मिलनका पूर्व सहयोगी पक्राउ

काठमाडौं । कुनै समय गुन्डा नाइकेका रूपमा चिनिने गरेका चक्रे मिलन चक्रेका एक पूर्व सहयोगी खैरो हेरोइनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय अनुज शाही रहेका छन् ।

काठमाडौं महानगरपालिका–३ का शाहीलाई धापासीबाट ७ ग्राम खैरो हेरोइनसहित साउन १४ गते पक्राउ गरिएको प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।

कुनै समय चक्रेका विश्वासपात्र रहेका शाही लागू औषधमा फसेपछि टाढिएको एक अनुसन्धान अधिकारीले बताए।

‘उनीहरुबीच सम्पर्क भइरहे पनि पहिलाजस्तो सम्बन्ध भने पछिल्लो समय थिएन’, ती अधिकारी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर