ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्नेमा विश्वस्त छु : राजदूत यान्छी – Nepal Press

ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्नेमा विश्वस्त छु : राजदूत यान्छी

काठमाडौं । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको कारण चीन-अमेरिका तनावको बीच नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको भनाइ सार्वजनिक भएको छ ।

यान्छीले बुधबार बिहान ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्छ भन्ने विषयमा आफू विश्वस्त रहेको बताएकी छन् । नेपाल र चीन एक अर्काको विश्वासनीय असल छिमेकी राष्ट्रको रूपमा रहेको र दुवै देशले एक-अर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतालाई बुझ्दै आएको स्मरण गर्दै उनले चीनको एक चीन सिद्धान्त जायज तथा वैध मागहरूलाई पनि बुझ्दै जारी ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्ने विश्वास लिएको बताएकी छन् ।

‘नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहने छन् र चीनको वैध र जायज अडानलाई बुझेर निरन्तर समर्थन गर्नेछन् भन्ने हामीले विश्वास लिएका छौं’, राजदूत यान्छीले भनेकी छन् ।

न्यान्सीको ताइवान भ्रमणले चीनको एक चीन निती र राजनैतीक जगलाई गम्भीर उल्लंघन गरेको, चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई पनि ठूलो आँच पुर्‍याएको उनको टिप्पणी छ ।

अमेरिकालाई ताइवान चीनको अभिन्न अंग हो भन्ने थाहा हुँदाहुँदै गरिएको उक्त भ्रमणले १९७१ को संयुक्त राष्ट्र महासभाको प्रस्ताव र आधारभूत वैदेशिक सम्बन्धको उल्लंघन गरेकोसमेत यान्छीले लेखेकी छन् ।

ताइवानप्रतिको चिनियाँ धारणा यथावत् रहेको र देशको सार्वभौमिकता प्रतिरक्षाको निमित्त चीनले जस्तोसुकै कदम चाल्न सक्ने भन्दै उनले भ्रमणका कारण चीनले उठाउन सक्ने कदमको जिम्मेवारी अमेरिकाले लिनुपर्ने चेतावनीसमेत दिएकी छन् ।


प्रतिक्रिया

One thought on “ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्नेमा विश्वस्त छु : राजदूत यान्छी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर