महामारीमा हिमालय एअरलाइन्सको सवा २ करोडको नि:शुल्क कार्गो उडान, कोरोना फण्डमा १० लाख – Nepal Press

महामारीमा हिमालय एअरलाइन्सको सवा २ करोडको नि:शुल्क कार्गो उडान, कोरोना फण्डमा १० लाख

संस्थागत सामाजिक उत्तरादायित्वअन्तर्गत अरु के-के गर्‍यो ?

काठमाडौं । हिमालय एअरलाइन्सले सन् २०२०–२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहलहरूको रूपरेखासहित प्रतिवेदन सार्वजनिक गरेको छ ।

सुरक्षित र दिगो हवाई यातायात उद्योगको भविष्यको वृद्धिलाई टेवा पुर्‍या उने कार्यमा मद्दत गर्न इच्छुक रहँदै आएको एअरलाइन्स स्थापना वर्षदेखि नै हिमालय एअरलाइन्स् सक्रिय रूपमा आफ्नो सामाजिक उत्तरदायित्वका विविध कार्यहरूमा संलग्न हुँदै छ ।

एअरलाइन्सले आज काठमाडौंस्थित होटल र्‍याडिसनमा आयोजित पत्रकार सम्मेलनमा महामारीका वर्षहरूमा आफूले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन जारी गरेको हो ।

हिमालय एअरलायन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र एअरलाइन्स्का मैन्टीनेन्स एण्ड इन्जिनेरिङ्ग विभागीय प्रमुख राजेश प्रसाद श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार जगतको वृहत भेलामा कम्पनीको प्रतिवेदन सार्वजनिक गरे ।

पत्रकार सम्मेलनमा हिमालय एअरलाइन्स्को सामाजिक उत्तरदायित्व संलग्नतालाई उजागर गर्ने एउटा संक्षिप्त भिडियो पनि प्रसारण गरिएको थियो ।

विगतका केही वर्षहरूमा समाजको उन्नतितर्फ आफ्नो समग्र दृष्टिकोण विकास गरेको हिमालयले आफ्ना मुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पुर्‍या उने खालका कार्यहरू गरेको प्रतिवेदनमा उल्लेख छ ।

हिमालयले प्रकाशित गरेको यो पहिलो प्रतिवेदन हो, जसले हिमालय एअरलाइन्स्को दृष्टिकोण र योगदानहरूको प्रगतिको समग्र विवरणलाई उल्लेख गरिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै एअरलायन्सकी ब्राण्ड विभागीय प्रमुख दलीले भनिन्,’कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पार्‍यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे । यी चुनौतीपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो । यस सन्दर्भमा सम्भव भएसम्म महत्वपूर्ण योगदान दिन सफल पनि भएको छ । समग्र वृद्धि र सामाजिक कल्याण हाम्रा व्यवसायका दुई प्रमुख पक्षहरू हुन्, जसमा हामी निरन्तररुपमा हाम्रो व्यवसायको विकास–उन्मुख भविष्यको मार्ग सुरक्षित गर्न प्रतिबद्ध छौं ।’

सन् २०२० मा देखा परेको कोभिड–१९ को प्रकोपसँगै, संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्वपूर्ण भएको स्वीकार गर्दै हिमालयले अग्रगामीरुपमा नेपाल सरकारको कोभिड–१९ कोषमा रू. १० लाख, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतका कार्यमा कम्पनीका संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू सन् २०२१ मा थप केन्द्रित भए ।

त्यस्ता कार्यमा हिमालय एअरलाइन्स् अझ वृहतरुपमा अघि बढेको प्रतिवेदनमा भनिएको छ । नेपाल सरकारसँग सहकार्य गर्दै दृढताका साथ र संकटको घडीमा भेरोसेल भ्याक्सिनको २० लाख डोज ल्याउन रू. २ करोड २५ लाख बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन पनि हिमालयले सहयोग गरेको थियो ।

एअरलाइन्सले विगत पाँच वर्षदेखि आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व ब्यानर अन्तर्गत एक गैर–सरकारी संस्था “प्रयास नेपाल”लाई पनि साथ दिँदै आएको छ । जहाँ बाल–बालिकाहरूको सपना साकार पार्न आफ्नो (स्टेप्स टुवार्डस् एजुकेशन) ‘शिक्षातर्फका पाइलाहरू’ कार्यक्रमअन्तर्गत विपन्न बाल–बालिकाका लागि वार्षिक रूपमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

हिमालय एअरलाइन्स्को संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदनले विशेषगरी पाँच आर्थिक समृद्धि, वातावरणीय दिगोपन, सामाजिक उत्तरदायित्व, सञ्चालनका पक्षहरू र गुणस्तर व्यवस्थापन प्रणालीमा योगदान दिएको उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *