अभियान लघुवित्तको आईपीओ खुल्यो, कति कित्ता पाइन्छ किन्न ? – Nepal Press

अभियान लघुवित्तको आईपीओ खुल्यो, कति कित्ता पाइन्छ किन्न ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको बुधबार (साउन १८ गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको छ ।

यो आईपिओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरिएको हो । योमध्ये ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामुहिक लगानी कोष र ०.५ प्रतिशत अथवा १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले अभियान लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आईपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *