आठ घण्टापछि नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी संचालनमा – Nepal Press

आठ घण्टापछि नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी संचालनमा

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

चितवनको नारायणगढ मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका २९ केराबारी मौरीखोलामा खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।

पहिरोका कारण गएराती साढे दुई २ बजेदेखि सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो । मौरीखोलामा गत सोमबार राती खसेको पहिरो २३ घण्टा पछि खुलाइएको थियो ।

बर्षाको कारण सोही ठाउँमा पुन पहिरो खस्दा आवागमन बन्द भएको थियो । अवरुद्ध सडक खुलाइएपनि पहिरोको जोखिम उतिकै रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर