जाजरकोटमा सुब्बादेखि हाकिमसम्म कार्यकक्षभित्रै मदिरा सेवन गरेपछि… – Nepal Press

जाजरकोटमा सुब्बादेखि हाकिमसम्म कार्यकक्षभित्रै मदिरा सेवन गरेपछि…

सुुर्खेत ।जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् ।

बेलुकी सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् ।

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ ।

कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए । सरकारी कार्यालय भित्र मदिरा सेवन गर्नु कस्तो गैरजिम्वारीपन ? भन्दै नेकपा भेरी नगर कमिटी ईन्चार्ज विराजन शाहीले कारवाहीको माग गरेको बताए ।

यसबारेमा बुझन खोज्दा आफ्नै क्वाटरको बाहिर साथीभाई बसिरहेको कार्यालय प्रमुख धितालको भनाई छ तर प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारवाही गरिने बताए । उनले भने, ‘भोली विहान छलफलका लागि बोलाएका छौं आवश्यक कारवाही हुन्छ ।’


प्रतिक्रिया

One thought on “जाजरकोटमा सुब्बादेखि हाकिमसम्म कार्यकक्षभित्रै मदिरा सेवन गरेपछि…

  1. खासै केही हाेईन । कर्मचारी भन्ने साथ सुरा, सुन्दरी, रमाईलाे, खानपान केही गर्न नपाउने भन्ने हैन, रातकाे ७ बजे उनिहरुकै समय हाे ।सवाल कार्यालयकाे समयममा सेवाग्राहिसंगकाे व्यवहार हाे, सेवाग्राहिले समयमा सेवा लिन पाएका छन् कि छैनन् ? याे कुरालाई हेर्नू, के खायाे, के लायाे यसले अर्थ राख्दैन । नागरीककाे माैलिक हक लाई पनि बिचार गराै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर