खोला तर्ने क्रममा बगाएर मृत्यु – Nepal Press

खोला तर्ने क्रममा बगाएर मृत्यु

उदयपुर । त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको मंगलवार मृत्यु भएको छ । त्रियुगा नगरपालिका- ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको खोला तर्ने क्रममा ज्यान गएको हो ।

बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले बताए । बजारबाट घर फर्कदा बगाएर झन्डै ५० मिटर तल पुर्‍याउँदा घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

थापाका अनुसार स्थानीयबासीले कौवाईस्थित त्रियुगा पुलनजिक लडेको देखेर निकाल्दा उनको ज्यान गईसकेको थियो । घटनास्थलको मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.