साफ यु–२० : माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो – Nepal Press

साफ यु–२० : माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो

काठमाडौं । साफ यु २० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १–० गोलको नतिजामा पराजित गर्दै भारत फाइनल पुगेको छ । भारत फाइनल पुगेसँगै नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि समूह चरण अन्र्तगत अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गरेको नेपाल १–१ गोलको बराबरीमा रोकिएको थियो । बंगलादेशसँग बराबरी खेलेपछि नेपाललाई फाइनल पुग्न भारतको नतिजामा निर्भर हुनु परेको थियो ।

यदि भारतले माल्दिभ्स सँग हारेको भए नेपाल स्वतह फाइनल पुग्ने थियो । सुरुवाती दुई खेलमा लगातार दुई जित निकालेर फाइनल सम्भावना बनाएको नेपाललाई भारतसँगको खेल निकै महँगो सावित भयो । आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग ८–० गोलको नतिजामा लज्जास्पद रुपमा पराजित भयो ।

भारतसँग पराजित भइसँगै नेपालको फाइनल यात्रा कठिन बनेको थियो । यु–२० अन्र्तगत आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलको नतिजामा पराजित गरेको थियो ।

दोस्रो खेलमा श्रीलंकालाई ३–० गोलको नतिजामा हरायो । तेस्रो खेलमा भारतसँग ८–० गोलको नतिजामा पराजित भयो भने अन्तिम खेलमा बंगलादेशसँग अंक बाड्यो । समूह चरणको शिर्ष स्थानको बंगलादेश र भारतबीचको फाइनल खेल शुक्रबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *