पाटे बाघले २१ बाख्रा मार्‍यो, सरकार बाघको नियन्त्रण होस् : रावल – Nepal Press

पाटे बाघले २१ बाख्रा मार्‍यो, सरकार बाघको नियन्त्रण होस् : रावल

काठमाडौँ । प्रतिनिधि सभा सदस्य झपट रावलले कैलालीको मोहन्याल गाउँपालिका रहेको पाटे बाघ नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा उनले १६ गते पाटे बाघले स्थानीयका २१ बाख्रा मारेको भन्दै सरकारलाई उक्त बाघ नियन्त्रण गर्न माग गरेका हुन् ।

उनले कालिका सामुदायिक वनमा स्थानीय धर्मराज मिजासका १० नवीन बडूवालका ८, पहिला बिटुलाको २ र साबित्रा बडूवालको एउटा खसी बाख्रा मारेको उनले जानकारी गराएका हुन् ।

दुई डमरु सहित रहेको वयस्क बाघबाट अहिले पनि स्थानीय त्रसित रहेको भन्दै उनले बाघ नियन्त्रण गर्न माग गरेका हुन् । उनले आफूले पाउने सांसदको यो महिनाको भत्ता समेत उनीहरूलाई उपलब्ध गराउने घोषणा गरेका थिए ।

शून्य समयमा उनले ठुलिगाड र कर्णालीको कटान नियन्त्रण गर्न माग गरे । चिसापानी सोल्डामा पहिरो गइरहेको भन्दै सडक मर्मतको माग पनि गरेका थिए । उनले कैलाली लम्की चुहा १ मा प्रस्तावित डुडेझाडी औद्योगिक क्षेत्र को इआइए अड्किएको भन्दै उनले गुनासो गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर