नेपालमा थप ८१४ जनामा कोरोना पुष्टि – Nepal Press

नेपालमा थप ८१४ जनामा कोरोना पुष्टि

काठमाडौं । गत २४ घण्टामा नेपालमा थप ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षण गर्दा ८१४ जनामा संक्रमण देखिएको हो ।

पीसीआर विधिबाट ५०९ तथा एन्टीजेन विधिबाट ३०५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज थप २९९ जना सङ्क्रमणमुक्त भएका छन् ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १४४ पुगेको छ ।

नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६८ जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर