समुद्री किनारबाट हराएकी प्रिया खोज्न हेलिकोप्टर प्रयोग, भेटिइन् प्रेमीको घरमा – Nepal Press

समुद्री किनारबाट हराएकी प्रिया खोज्न हेलिकोप्टर प्रयोग, भेटिइन् प्रेमीको घरमा

नयाँ दिल्ली । छिमेकी मुलुक भारतको भिसाखापटनममा गत सोमबार एक विवाहित जोडी राधा कृष्ण समुद्री किनार घुम्न गएका थिए ।

दोस्रो वैवाहिक वर्षगाठको अवसर पारेर घुम्न गएको उक्त जोडी समुद्री किनारमानै रहँदा खेरी श्रीमान अपला रेड्डी एक फोन कलमा व्यस्त हुन थाले उनकी श्रीमती रापिरेड्डी साई प्रिया समुद्री किनारको छेउमानै थिइन् ।

जब अपला फोन कल सक्काएर फर्किए उनकी श्रीमती सोही ठाउँमा थिइनन् । श्रीमतीलाई कही कतै नदेखे पस्चात अपलाले आतिदै प्रहरीलाई सम्पर्क गरे आफूसँग छुट्टिनु अगाडि साई प्रिया समुद्री लहरको नजिक तिर जाँदै गरेको बताए । अपलाले दिएको विवरण अनुसार समुद्री लहरले बगाएको आशंकामा प्रहरीले उनको खोजी कार्यलाई व्यापक बनायो ।

भारतिय नव सेना र कोस्ट गार्डको संयुक्त प्रयासमा हेल्कप्टर समेत परिचालन गरी उक्त खोजी कार्य गरिएको भारतिय संचार माध्यम हिन्दूले जनाएको छ ।

मिडिया रिपोर्टमा उल्लेख भए अनुसार उक्त सर्च अप्रेशनमा लगभग एक करोड खर्च भएको थियो । समुद्री किनारमा साइ प्रियालाई खोजिरहेको प्रहरीले अन्तत गत बुधबार साइ प्रियालाई बेङ्गलुरुमा भेट्टायो तर कुनै समुद्री किनारमा नभई उनको प्रेमी घरमा ।

मिडिया रिपोर्टका अनुसार साई प्रियाको स्कुल पढ्दा देखीनै बेङ्गलुरुमा बस्दै आएका ति व्यक्तीसँग प्रेम सम्बन्ध रहेको खुलेको छ । राधा कृष्ण समुद्री किनाराबाट बेङ्गलुरु उनी एकली पुगिन् वा उनका प्रेमी उनलाई लिन आएका थिए भन्ने विषय भने हाल सम्म सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर