प्रदेश १ र वागमतीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण – Nepal Press

प्रदेश १ र वागमतीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ ।

मुख्यमन्त्री राईसहित पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

सचिवालयका १६ जनामा सोमबार पीसीआर परीक्षण गरिएकोमा तीनजनालाई कोरोना पुष्टि भएको थियो । संक्रमित तीनैजना हाल होम आइसोलेसनमा छन् ।

त्यस्तै, वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ । कोरोना देखिएपछि उनी आराममा रहेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले जानकारी दिए ।

खनालका अनुसार तीन दिनअघि पाण्डेलाई संक्रमण पुष्टि भएको हो ।


प्रतिक्रिया

One thought on “प्रदेश १ र वागमतीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

  1. यस्ता राष्ट्रघातीलाई कोरोनाले लगे पनि हुन्थ्यो ।

Leave a Reply to रमेश Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर