चोरीको मोबाइल किनेका कबाडी संकलकसँग चाँदीका गहनादेखि टिभी र कम्प्युटरसम्म – Nepal Press

चोरीको मोबाइल किनेका कबाडी संकलकसँग चाँदीका गहनादेखि टिभी र कम्प्युटरसम्म

काठमाडौं । चोरीको मोबाइल खरिद गरेका एक कबाडी सकंलकसँग चाँदीका गरगहनादेखि टिभी र कम्प्युटरसम्म भेटिएको छ ।

ती सबै सामान ती व्यक्तिले चोरीको खरिद गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले कबाडी संकलक भारतको मोतिहारी स्थायी घर भई ललितपुरको बालकुमारी बस्दै आएका २९ वर्षीय सुनिल कुमार जैसवाललाई पक्राउ गरेको छ ।

एसपी कृष्ण कोइरालाका अनुसार दुई वटा मोबाइल चोरी भएको उजुरीपछि प्राविधिक अनुसन्धान गर्नेक्रममा जैसवालसँग भेटिएको थियो । त्यसपछि जैसवालको कोठाबाट अन्य शंकास्पद सामानहरु पनि बरामद भएको प्रहरीले जनाएको छ ।

२ सय ५१ तोला चाँदीका विभिन्न गरगहना, ३ थान टिभी, २ थान मनिटर, चरेशका थाल ८ थान, चरेसको गाग्री १ थान, करुवा एक थान, पानी तान्ने मेसिन, तामाको घैला एक थान बरामद भएको एसपी मैनालीले जानकारी दिए ।

‘जैसवालले चोरीका सामान मात्र किनेका हुन् वा उनकै योजनामा चोरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ’, कोइरालाले भने । चोरी गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *