विष्णुमाया परियारको विभेदविरुद्ध संघर्षको जीवनगाथा अब अमेरिकी विद्यालयको पाठ्यक्रममा – Nepal Press

विष्णुमाया परियारको विभेदविरुद्ध संघर्षको जीवनगाथा अब अमेरिकी विद्यालयको पाठ्यक्रममा

न्युयोर्क । नेपाली मूलकी सामाजिक अभियन्ता तथा अधिकारकर्मी डा.विष्णुमाया परियारको आफ्नै जीवन संघर्षबारे आधारित जीवनगाथा अमेरिकाको विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गरिएको छ ।

मासाचुसेट्स राज्यको कक्षा ७ को सकारी पाठ्यक्रममा विष्णुमाया परियारबारेको पाठ समावेश भएको हो । उक्त राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृ पाठ्यक्रमको विश्वको इतिहास र भूगोल विषयको पाठमा परियारको जीवन संघर्षको कथा समेटिएको छ ।

भिडिओको माध्यमबाट पठाइने उक्त पाठ्यक्रममा डा।विष्णुमाया पयिारको जीवन संघर्षको कथाा र जातीय विभेदबारे जानकारी दिने ८ वटा स्लाडइहरु समावेश छन् । उक्त पाठ्क्रममा पयिारको जीवनमा आधारित वृत्तचित्र अनटचेवल समेत समावेश छ ।

नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको सो पाठ्यक्रममा विष्णुमाया परियारले गरेको विभेदविरुद्धका लडाइको विषय उल्लेख छ । विष्णुमाया परियार लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । उनी नेपाली समुदायतको अधिकारका पक्षमा लड्ने नारी हुन् ।

परियारको संघर्षकथा अमेरिकाका अन्य ठाउँमा पनि प्रकाशित छ । अमेरिकाकै ठूलो पाठ्यक्रम प्रकाशन संस्था म्याक ग्र हिलबाट प्रकाशित पुस्तक द राइटर्स माइन्डसेटमा परियारको संघर्षको कथा समेटिएको छ ।

उक्त पुस्तका नेपालको दलित परिवारमा जन्मिएकी परियारको पिस क्र्रप्सको सहयषेगमा परिवर्तन भएको जीवन संघर्ष कथा समेएिको छ ।
परियार हाल अमेरिकामा घरेलु हिंसा र यौन हिंसाविरुद्धको संस्एथामा पनि कार्यरत छिन् भने जर्सी सिटी सहरको महिला आयोग सदस्य समेत छिन् ।

डा.परियार संस्थापक रहेको संस्था एड्वानले हालसम्म नेपालका ५० हजार महिला तथा २३ हजाार भन्दा बढी बालवालिकालाई विभिन्न परियोजनामार्फत सहयोग गरेको छ ।

डा.परियाले सन् २००६ मा राष्ट्रसंघबाट ५ हजार डलर राशीको ह्युमन राइट्स अवार्ड प्राप्त गरेकी थिइन् । उनले वल्र्ड वैंक,हार्वर्ड युनिभर्सिटी लगायत प्रतिष्ठित संस्थाबाट समेत अवार्ड पाएकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *