डेढ वर्षमा लुम्बिनीका विषयगत समितिले पाए पूर्णता – Nepal Press

डेढ वर्षमा लुम्बिनीका विषयगत समितिले पाए पूर्णता

एमालेलाई तीन जनमोर्चालाई १ समितिको नेतृत्व

रुपन्देही ।डेढ वर्षदेखि रिक्त रहेका लुम्बिनीका ४ विषयगत समितिले पूर्णता पाएको छ । ४ समितिमध्ये तीनमा एमाले र एकमा जनमोर्चाका सांसदले नेतृत्व पाएका छन् । यसमध्ये महत्वपूर्ण मानिने प्रदेशको सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका बिष्णु पन्थी निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा भोजप्रसाद श्रेष्ठ, बिमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज, गिता थापा सदस्य छन् ।

रिक्त रहेका अन्य समितिहरु पूर्ण भएको नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

ढकालका अनुसार अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा सभापति तारा जिसी, कृषि, बन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल र सामाजिक बिकास समिति बावुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार प्रदेशसभामा ती समितिको नेतृत्वका लागि उनीहरुको मात्रै उम्मेदारी परेपछि उनीहरु निर्विरोध भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले नेपाल प्रेसलाई बताए । ‘सबै पदमा एकल उम्मेदारी परेको छ, बुधबार ५ बजेसम्म नाम दर्ताको समय थियो, अब तत् तत् समितिको बैठक बसेर यसको अनुमोदन हुनेछ’– उनले भने ।

सभापतिमा निर्वाचित जिसी सत्ता गठबन्धनको जनमोर्चाकी सांसद हुन भने भुसाल र गौतम एमाले सांसद हुन् ।

अर्थ, उद्योग तथा पर्यटन समिति सदस्यहरुमा थानकुमारी थापा चापागाई, भगवती देवी भण्डारी, दिपेन्द्रकुमार अधिकारी, तुल्सी चौधरी, लिला गिरी, युवराज खनाल भुवनेश्वर चौधरी, निर्मला क्षेत्री, मो. याकुव अन्सारी, कृष्णा केसी, तुलाराम घर्ती मगर, निर्मला मुडवरी भट्टराई रहेका छन् ।

कृषि बन तथा बातावरण समितिमा आरती पौडेल, कमलराज श्रेष्ठ, कविराम थारु चेतनारायण आचार्य, कुलप्रसाद पोखरेल अष्टभुजा पाठक, रुन्दावती शर्मा, दिपेन्द्र कुमार पुन मगर, लौटी थारु सदस्य रहेका छन् ।

सामाजिक विकास समितिमा कमलादेवी बिक, चिन्तावती कुर्मी, अर्जुनकुमार केसी, पुरनमान बज्राचार्य, हरिप्रसाद रिजाल, बिरेन्द्रकुमार कनौडिया, पुष्पा थरुनी, तेजबहादुर ओली, दिपा बिक सदस्य रहेका छन् ।

जनमोर्चालाई लट्री

सत्तागठबन्धनमा एक सांसद रहेको राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसी सदनमा भने विपक्षीको कुर्सीमा बस्छिन् । संघीयताको विरोध गर्ने यो पार्टीले यसको लाभ भने लिइरहेको भन्दै आलोचना भइरहेको छ ।

सरकारलाई समर्थन पनि गरेर हस्ताक्षर गर्ने तर सदनमा विपक्षी दलको कुर्सीमा बसेर दोहोरो चरित्र देखाएको भन्दै एमालेले सुरुदेखि नै विरोध गर्दै आएको थियो । सत्तारुढ दलको समर्थनमा उनै सांसद बुधबार अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति बनेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर