युवती प्रयोग गरी फिरौती माग्ने गिरोह पक्राउ – Nepal Press

युवती प्रयोग गरी फिरौती माग्ने गिरोह पक्राउ

दाङ । युवती प्रयोग गरी अपहरण गरेर फिरौती मागेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका वडा नम्बर ३ का २७ वर्षीय केशवकुमार विकलाई बन्धक बनाएर सात लाख रुपैयाँ फिरौती मागेको आरोपमा दाङको बबई ४ ३५ वर्षीय लीला विक, ३५ वर्षीय नेवबहादुर घर्ती (मार्सल) रहेका छन् ।

यस्तै तुलसीपुर उममहागनर ४ खाद्रेका २५ वर्षीय सुक्लाल विक, कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ का २० वर्षीय मनोज थारु र युठान गौमुखी ७ घर भई हाल तुलसीपुर ६ बस्ने २४ वर्षीय जनक कुँवर र तुलसीपुर ७ की २६ वर्षीया निर्मला विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताए ।

पक्राउ परेका मध्ये ५ जना सल्यान रोडको युवम होटेलबाट पक्राउ परेका हुन भने निर्मलालाई प्रहरीले उनकै घर नजिकबाट पक्राउ परेको हो । प्रहरीले अपहरणमा प्रयोग गरिएको बागमती प्रदेश ०१-०२५ च ८७२९ नम्बरको गाडीलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार लीला,मार्सल र सुक्लालले निर्मलालाई प्रयोग गरी बुटवलमा साउन ९ गते भेटेर अपरहणगरी तुलसीपुर ल्याएर युवम होटेलमा बन्धक बनाई सात लाख रुपैयाँ मागेका थिए ।

उनीहरूले सात लाख नदिए जे पनि हुने धम्की दिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अपहरणमा परेका केशवले आफूलाई दाङको तुलसीपुरस्थित स्थित युवम होटेलमा अपहरण पश्चात् बन्धक बनाएकाले प्रहरीलाई गरिदिन श्रीमतीलाई लुकेर म्यासेज गरेका थिए ।

अपहरणमा परेको खबर पाउने बित्तिकै डीएसपी अर्यालको कमाण्डमा गएको प्रहरीले अपहरित केशवको उद्धार गरी अपहरणमा संलग्नलाई आज बेलुकी नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलाइने डीएसपी अर्यालले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *