गाई चुनाव चिन्ह कसैलाई नदिन सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित) – Nepal Press

गाई चुनाव चिन्ह कसैलाई नदिन सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)

काठमाडौं । सर्वोच्च अदालतले राप्रपा र राप्रपा नेपाल कसैलाई पनि गाई चुनाव चिन्ह नदिन अन्तरिम आदेश जारी गरेको छ ।

राप्रपा नेपालले असार २७ गते गाई चुनाव चिन्ह पाउँ भनि अन्तरिम आदेश माग गरेर रिट निवेदन पेश गरेको थियो । न्यायाधीश डा. आनन्दमोहान भट्टराई र डा. कुमार चुडालको संयुक्त इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो ।

आदेशमा चुनाव चिन्हबारे पार्टीहरुबीच कुनै विवाद भएको नदेखिएको र चिन्ह दलको पहिचानको समेत विषय भएको भन्दै निर्वाचन आयोगमा अन्तिम टुंगो नलागेसम्म गाई चुनाव चिन्ह कसैलाई पनि नदिने आदेश जारी भएको उल्लेख छ ।

त्यस्तै, आदेशमा निवेदकले माग गरेको चिन्ह अन्य कुनै दललाई पनि प्रदान नगर्न पनि आदेश दिइएको छ ।

हेर्नुस् आदेशः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर