एनआरएनए बेलायतद्वारा पारित नागरिकता विधेयकको विरोध – Nepal Press

एनआरएनए बेलायतद्वारा पारित नागरिकता विधेयकको विरोध

काठमाडौं । प्रतिनिधिसभाले नागरिकता विधेयक पारित गरेपछि गैर–आवासीय नेपाली संघ बेलायतले पारित विधेयकप्रति असहमति जनाएको छ । पारित भएको विधेयकले बेलायतमा बसोबास गर्ने गोर्खाहरुको हितमा नभएको भन्दै असहमति जनाएको हुन ।

गोर्खाहरु नेपाल सरकार र बेलायत सरकारको सन्धि सम्झौताबाट बेलायत आएकाले अहिलेको विधेयकले गोर्खाहरुमाथि अन्याय हुने भन्दै गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले आपत्ति जनाएका छन् । मगरले बेलायतमा बसोबास गर्ने गोर्खा र तिनका परिवारले वंशजको आधारमा नागरिकता पाउनुपर्ने तर विधेयकले सबैलाई एउटै डालोमा हाल्यो उनले भने, ‘गोर्खाहरुलाई नेपाल सरकारले सन्धि सम्झौता गरेर बेलायती सेनामा पठाएको हो । आफैँ पठाउने अनि विदेश पलायन भएको रुपमा अन्यलाई जस्तै गैर–आवासीय नेपाली भन्नु न्यायोचित भएन ।’

प्रतिनिधिसभामा शुक्रबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो । विधेयकले गोर्खाहरुलाई समेत गैर–आवासीय नेपालीकै रुपमा परिभाषित भएपछि गोर्खाहरुमाथि अन्याय भएको भन्दै गैर–आवासीय नेपाली संघ बेलायतले त्यसप्रति असहमति जनाएको छ । विधेयकले गोर्खाहरुको विषयमा छुट्टै व्यवस्था गर्नुपर्ने हो, तर त्यसो गरिएन, यो सरासर गोर्खाहरुमाथि विभेद हो, अध्यक्ष गाहाले भने ।

विधयेकले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे बाहेक अन्य अधिकारमा बञ्चित हुने भएकाले आफ्नो नागरिकलाई फरक फरक व्यवहार गर्न नमिल्ने पनि अध्यक्ष मगरले बताए ।

देशमा सबैभन्दा पहिला रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्र दिने गोर्खाहरुमाथि दोस्रो दर्जाको नागरिक ठान्नु गलत भएको पनि अध्यक्ष मगरले बताए । अहिले पनि गोर्खाहरुले देशको अर्थतन्त्र र विकासमा कति योगदान पुर्‍याएको छ, त्यसलाई समिक्षा गर्न पनि अध्यक्ष गाहामगरले नेपाल सरकारसमक्ष आग्रह गरेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर