अब दुई प्रकारको ब्याजदर लागू हुने, सहुलियत कर्जा कटौती – Nepal Press

अब दुई प्रकारको ब्याजदर लागू हुने, सहुलियत कर्जा कटौती

काठमाडौं । अब दुई प्रकारको ब्याजदर लागू हुने भएको छ । उत्पादमूलक क्षेत्र र व्यापारमूलक क्षेत्रको ब्याजदर फरक हुने भएको हो ।

अब बैंक तथा वित्तीय संस्थाद्वारा प्रदान हुने कर्जामा फरक फरक ब्याजदर लागू हुने भएको हो । ब्याजदरलाई वितरण हुने क्षेत्र समेत छुट्याएर ब्याजदर लागू हुने भएको हो ।

उत्पादनमूलक क्षेत्रलाई भने ब्याजदर सस्तो हुनेछ भने व्यापारी क्षेत्रमा ब्याजदर केही महंगो हुने छ । उत्पादनमा भन्दा व्यापारमा धेरै कर्जा गएपछि २ प्रकारको ब्याजदर लागू हुन लागको हो ।

कोभिड १९ को समयमा लिइएको सहुलियत कर्जालाई कटौती गरिनेछ । कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई विचार गरिने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० मौद्रिक नीति कार्याक्रममा बोल्दै भगर्नर महाप्रसाद अधिकारीले सो कुरा बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर